Rule 18
बाटोको सुविधा

(१) संरक्षकले निकुञ्जभित्र अनुसूची-४ मा तोकिए बमोजिमको बाटोबाट पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिँडाउन वा याक वा खच्चड लगायत कुनै सवारी हिँडाउन सर्वसाधारण जनताको सुविधाको लागि चिन्हपट लगाई त्यस्तो बाटो तोकिदिन सक्नेछ र सर्वसाधारणले त्यसरी चिन्हपट लगाई तोकिदिएको बाटोमात्र उपयोग गर्नु पर्नेछ ।

(२) संरक्षकको लिखित अनुमति विना कुनै पनि अवस्थामा कसैले उपनियम (१) बमोजिम चिन्हपट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि प्रतिकूल मौसममा चिन्हपट लगाई तोकिदिएको कुनै बाटो बन्द गर्न उपयुक्त ठानेमा मौसम अनुकूल नहुन्जेलसम्म संरक्षकले सो बाटो बन्द गर्न सक्नेछ ।